प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने : अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

हिमाल प्रेस १० पुष २०७९ १७:०० | Sunday, December 25, 2022
प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने : अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको नेतृत्वले नबुझेकै कारण नयाँ समीकरणको तर्फबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका लागि सिफारिस भएको बताएका छन्।

भट्टराईले प्रचण्डलाई बधाई दिँदै कांग्रेसले अति गर्दा खति भएको बताएका छन्। ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका प्रचण्डलाई हार्दिक बधाई। अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्’ बाबुरामले भने।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैँ राख्ने अडान राखेपछि प्रचण्ड नेकपा एमालेको साथ खोज्दै केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिएँ। ओली निवास बालकोटमै एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपाका शीर्ष नेताको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।

प्रकाशित: १० पुष २०७९ १७:०० | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast