प्रचण्डलाई दलको नेता बनाउने माओवादीको निर्णय

हिमाल प्रेस ७ पुष २०७९ १७:०२ | Thursday, December 22, 2022
प्रचण्डलाई दलको नेता बनाउने माओवादीको निर्णय

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। बैठकले संघीय सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउने निर्णयसमेत गरेको छ। केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता पार्टी अध्यक्ष ‘प्रचण्ड’, प्रमुख सचेतक पाण्डे र राष्ट्रियसभा दलको नेता श्रेष्ठलाई बनाउने निर्णय गरेको छ।

प्रकाशित: ७ पुष २०७९ १७:०२ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast