प्रचण्डको सन्देश बोकेर केपी ओली भेट्न पुगे देव गुरुङ

हिमाल प्रेस २८ मंसिर २०७९ १२:५८ | Wednesday, December 14, 2022
प्रचण्डको सन्देश बोकेर केपी ओली भेट्न पुगे देव गुरुङ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच छलफल भएको छ।

मंगलबार भएको भेटमा गुरुङले एमाले अध्यक्ष ओलीलाई चुनाव जितेकोमा शुभकामना दिए। साथसाथै, समसामयिक राजनीतिक विषयमा पनि सामान्य ढंगले छलफल भएको भेटमा नेताहरू बताउँछन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा गुरुङले ओलीलाई भेटेर चुनाव जितेकोमा बधाई दिए। यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए।

सरकार गठनको औपचारिक समय सुरु नभएका कारणले पनि सरकार गठनको प्रयासको विषयले नेताका बीचमा औपचारिक छलफल हुन नसक्ने उनको भनाइ छ।

‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन्। त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्’ महासचिव गुरुङले भने।

प्रकाशित: २८ मंसिर २०७९ १२:५८ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast