काठमाडौँ- कांग्रेस नेता प्रकाशमान सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका सिंह प्रचण्डको सन्देश लिएर देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। उनले देउवालाई प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका छन्।
खुमलटारमा भएको भेटमा प्रचण्डले सिंहसँग पहिलो दुई वर्ष आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए। यता देउवाले पनि आफूले पहिलो दुई वर्ष सरकार चलाउनुपर्ने अडान लिँदै आएका छन्।
प्रकाशित: ८ पुष २०७९ १३:१५ | Friday, December 23, 2022
प्रतिक्रिया




