पाँच वर्षअघि समस्याग्रस्त ओरियन्टल सहकारीका बचतकर्ताले अझै पैसा पाएनन्

हिमाल प्रेस २९ मंसिर २०७९ १५:२० | Thursday, December 15, 2022
पाँच वर्षअघि समस्याग्रस्त ओरियन्टल सहकारीका बचतकर्ताले अझै पैसा पाएनन्

काठमाडौँ- २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा भएको ओरियन्टल कोअपरेटिभ लिमिटेडका बचतकर्ताले अझैसम्म पैसा पाउन सकेका छैनन्।

ओरियन्टलले सेयर, बचत र त्यसको ब्याज गरी १० अर्ब रुपैयाँ बराबर रकम फिर्ता गर्नुपर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ।

सरकारले ओरियन्टललाई समस्याग्रस्त घोषणा गरेपछि ७ हजार ६४६ जनाले पैसा फिर्ताको निवेदन दिएका छन्। समितिले प्रमाणसहित निवेदन पेस गर्न पुस १५ सम्मको समय दिएको छ।

समस्याग्रस्त घोषणा गरेलगत्तै ओरियन्टलले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको थियो। सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो।

त्यसपछि पनि पैसा फिर्ता नगरेपछि सरकारले गत असोज ७ गते दोस्रोपटक ओरियन्टललाई समस्याग्रस्त घोषणा गरेको हो।

प्रकाशित: २९ मंसिर २०७९ १५:२० | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast