पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

हिमाल प्रेस ४ पुष २०७९ १५:४३ | Monday, December 19, 2022
पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। चार वर्षको अवधि रहेको ऋणपत्र २०८३ मा परिपक्क हुनेछ।

राष्ट्र बैंकले पुस ६ गते ऋणपत्र जारी गर्ने जनाएको छ। ६/६ महिनामा ब्याज भुक्तानी हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। यसको न्यूनतम दर ५० हजार तोकिएको छ।

ऋणपत्र धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ। ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एकमा मात्र खरिद गर्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाले भने प्रतिस्पर्धीको रूपमा मात्र भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ४ पुष २०७९ १५:४३ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast