पाँचथर : आगोले जलेर वृद्धाको मृत्यु

हिमाल प्रेस १ पुष २०७९ ८:४२ | Friday, December 16, 2022
पाँचथर : आगोले जलेर वृद्धाको मृत्यु प्रतीकात्मक तस्बिर।

पाँचथर- पाँचथरको फिदिम नगरपालिका १३ मा आगोले जलेर एक जना वृद्धा महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ९२ वर्षीया सुकमति नेम्वाङ रहेकी छन्।

फिदिम १३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जलेर मृत अवस्थामा फेला परेकी हुन्।

शवलाई आवश्यक कानुनी प्रकृया पुरा गरी जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम गरिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित: १ पुष २०७९ ८:४२ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast