सांकेतिक तस्बिर।
काठमाडौँ- स्याङ्जाको वालिङमा शुक्रबार पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ।
वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो।
प्रकाशित: २ पुष २०७९ ६:५१ | Saturday, December 17, 2022
प्रतिक्रिया





