पराजित भएपछि गगनले भने : मेरो र बहुसंख्यक साथीहरूको बुझाइ फरक रहेछ

हिमाल प्रेस ६ पुष २०७९ ११:५८ | Wednesday, December 21, 2022
पराजित भएपछि गगनले भने : मेरो र बहुसंख्यक साथीहरूको बुझाइ फरक रहेछ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा पराजित हुनुलाई आफूले सहजतापूर्वक लिएको बताएका छन्। पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले सबै सांसदहरू दलको नेता चुन्न स्वतन्त्र हुने भएकाले परिणामलाई सहजतापूर्वक लिएको बताएका हुन्।

‘संसदीय दलमा नेतृत्व बदलियोस्, काम गर्ने शैली र भूमिका बदलियोस् भन्ने मेरो प्रस्ताव थियो,’ उनले भने, ‘बहुसंख्यक साथीहरू मेरो पक्षमा उभिनु भएको रहेनछ। मेरो बुझाइ र उहाँहरूको बुझाइ फरक रहेछ।’

साथै उनले संसदीय दलको नेतामा निर्वाचित पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई पनि दिएका छन्।

बुधबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको थियो। ८९ सांसदले मतदान गरेका थिए।

प्रधानमन्त्री देउवाले ६४ र प्रत्यासी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे।

प्रकाशित: ६ पुष २०७९ ११:५८ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast