पत्रकारहरूसँग मुख्यमन्त्री राउतले भने : सरकारका राम्रा कामबारे पनि कलम चलाइदिनुस्

हिमाल प्रेस ३ पुष २०७९ १३:२० | Sunday, December 18, 2022
पत्रकारहरूसँग मुख्यमन्त्री राउतले भने : सरकारका राम्रा कामबारे पनि कलम चलाइदिनुस्

वीरगञ्ज- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पत्रकारले प्रदेश सरकारले गरेका सकारात्मक कार्यहरूबारे पनि कलम चलाउनुपर्ने बताएका छन्।

आज (आइतबार) वीरगञ्जमा आयोजित नेपाल पत्रकार महासंघ प्रदेश समितिको तेस्रो साधारणसभामा बोल्दै राउतले सरकारले गरेका राम्रा कार्यहरू पनि संप्रेषण गर्नुपर्ने बताएका हुन्।

उनले आफूले चलाएको पाँच वर्षको सत्ताबाट विभिन्न अनुभवहरू बटुलेको बताउँदै अझै पनि आफूहरू सिक्ने क्रममै रहेको बताए।

प्रदेश सरकार सञ्चालन गर्दा विभिन्न कमीकमजोरीहरू भएको स्वीकार गर्दै उनले सरकारले सञ्चालन गरेका योजना र कार्यहरू भने नकारात्मक र नराम्रा नरहेको दाबीसमेत गरे।

कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले यस प्रदेशभित्रका सम्पूर्ण पत्रकारहरूको जीवनबीमा गर्ने घोषणा गरेका थिए।

अध्यक्ष यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा बन्द रहेको एफएम रेडियोहरूको अनुगमन गरी ऊक्त सञ्चारमाध्यमहरूलाई कसरी चलाउन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिने बताए।

प्रकाशित: ३ पुष २०७९ १३:२० | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast