काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूका लागि ‘गोसाइँकुण्ड हेली टुर’ सम्पन्न गरेको छ। टुरमा दुई सयजना अभिकर्ता सहभागी भएका थिए। कम्पनीले तीन दिनसम्म गोसाइँकुण्ड हेली टुर सञ्चालन गरेको थियो।
कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गरेकोहरूलाई हेलिकप्टरमा गोसाइँकुण्डको भ्रमण गराएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूको मनोबल वृद्धि भई कम्पनीको व्यवसाय प्रवर्द्धनमा सहयोग हुने बताए।
प्रकाशित: १३ पुष २०७९ १५:३७ | Wednesday, December 28, 2022
प्रतिक्रिया



