नेपाल पत्रकार महासंघले जारी गर्‍यो सुर्खेत घोषणा पत्र

हिमाल प्रेस ९ पुष २०७९ १४:४२ | Saturday, December 24, 2022
नेपाल पत्रकार महासंघले जारी गर्‍यो सुर्खेत घोषणा पत्र

सुर्खेत– नेपाल पत्रकार महासंघले पत्रकारिता आचारसंहिता पूर्णपालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार (आज) सम्पन्न केन्द्रीय साधारण सभापछि ‘सुर्खेत घोषणा-२०७९’ जारी गरेको हो।

घोषणा पत्र जारी गर्दै महासंघले सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको हो। ‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आग्रह गर्दछ,’ घोषणा पत्रमा भनिएको छ।

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्णप्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको महासंघको ठहर छ।

‘यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ,’ घोषणा पत्रमा उल्लेख, ‘साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ।’

प्रकाशित: ९ पुष २०७९ १४:४२ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast