नेपाल टि२० लिग : फारवेस्टलाई लुम्बिनीले दियो १५३ रनको लक्ष्य

हिमाल प्रेस ९ पुष २०७९ १४:५५ | Saturday, December 24, 2022
नेपाल टि२० लिग : फारवेस्टलाई लुम्बिनीले दियो १५३ रनको लक्ष्य

काठमाडौँ- लाहिरु मिलान्थाले अर्धशतक बनाएपछि नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई १५३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनायो।

लुम्बिनीका लागि श्रीलंकन ब्याट्सम्यान मिलान्थाले ५० बलमा ६० रन जोड्न सफल भए। शनिबारबाटै सुरु नेपाल टि२० लिगमा अर्धशतक प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि पहिलो खेलमा काठमाडौँ नाइट्सका आज्मतुल्लाह ओमारजाईले ८५ रन बटुलेका थिए। संयोगवश दुवै अर्धशतक विदेशी खेलाडीले बनाएका हुन्।

मलिान्थासँगै ओपनिङ गरेका भारतीय अन्डर १९ टिमका कप्तान उन्मुक्त चन्द भने दुई रनमा आउट भए। यही वर्ष उमेर समूहको विश्वकप भारतलाई दिलाएका उन्मुक्तको नेपाली भूमिमा डेब्यु भने बिर्सनलायकको रह्यो।

लुम्बिनीका कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ रनको योगदान गरे भने गुल्शन झाको नाममा २५ रन रह्यो। अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन बटुल्न सकेनन्।

बलिङतर्फ उमैर अली र करण केसीले तीन–तीन विकेट लिए। मिलान्थलाई आउट गरेका संयुक्त अरब इमिरेट्स (यूएई) का अलीले कप्तान दीपेन्द्र र कुशल भुर्तेलको पनि विकेट लिएका थिए।

प्रकाशित: ९ पुष २०७९ १४:५५ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast