नेपाली फिल्म : कमजोर कथावस्तु , सशक्त गीत-संगीत

हिमाल प्रेस १२ पुष २०७९ ११:३० | Tuesday, December 27, 2022
नेपाली फिल्म : कमजोर  कथावस्तु , सशक्त गीत-संगीत

काठमाडौँ- पछिल्लो समय नेपाली फिल्मको गीत-संगीत दर्शकले खूब मन पराइरहेका छन्। गीत-संगीत लोकप्रिय भएका फिल्मले घरेलु बक्स अफिसमा दर्शकको राम्रो साथ पाइरहेका छन्।

‘प्रेम गीत’, ‘नाइँ नभन्नू ल’,‘ म यस्तो गीत गाउँछु’ लगायत त्यस्तै फिल्मका उदाहरण हुन्। यी फिल्मको गीत-संगीत दर्शकले निकै रुचाए।

त्यसैले अहिले ती फिल्मको सिरिज पनि बनिरहेका छन्। कथावस्तु कमजोर भए पनि फिल्म हेर्न दर्शक हलसम्म पुगे। प्रचारप्रसारको सशक्त माध्यम मानिए तापनि केही समययता गीत-संगीतमा पनि फिल्म निर्माण टोलीले त्यति नै ध्यान दिइरहेको छ।

संगीतकार अर्जुन पोखरेल एकल एल्बमभन्दा फिल्मका गीतले दर्शक बढी पाउने बताउँछन्। ‘हिजोआज गायकगायिकाका म्युजिक भिडियो पनि राम्रो बन्ने गरेका छन्,’ उनले भने, ‘यद्यपि यो संख्या कम छ। गीत–संगीत फिल्ममा जति भव्य रूपमा हुन्छ, त्यति एकलमा हुँदैन। त्यसको प्रचारप्रसार पनि त्यति नै हुन्छ। एकल रूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन्।’

संगीतकार पोखरेल संगीत रहेको फिल्म ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’का गीत पनि दर्शकले मन पराएका थिए।

प्रकाशित: १२ पुष २०७९ ११:३० | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast