नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक

हिमाल प्रेस ७ पुष २०७९ २०:३७ | Thursday, December 22, 2022
नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक

काठमाडौँ– नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टिजर सार्वजनिक गरिएको हो। १ मिनेट ३ सेकेन्डको टिजरमा नेपालका वीर गोरखाली सैनिकहरूको कथावस्तुलाई समेटिएको छ।

वीर गोर्खालीको कथामा निर्माण ‘गोर्खा वारियर’ को निर्देशन मिलन चाम्सको गरेका छन्। मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ निर्देशनमा निर्माण हुने अन्तर्रास्ट्रियस्तरको फिल्मको टिजरमा केही हलिउड कलाकारका साथै नेपाली कलाकारहरूको अभिनय छ।

यस्तै चलचित्रमा केही प्राविधिकहरू बलिउड र हलिउडका रहेको निर्देशक चाम्सले बताए। उनले गोरखा वारियर चलचित्रमात्र नभई एउटा इतिहास भएको बताए। उनले नयाँ कलाकारहरूले राम्रोसँग फिल्ममा काम गरेको बताउँदै नयाँ कलाकारहरूबाट नाम कमाइसकेका कलाकारहरूले पनि अनुशासन र लगनशील हुन सिक्नुपर्ने बताए।

लन्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्। चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, सुरज तमू, भुवनसिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सरु मगर, आशिष गुरुङ,सुमिन गुरुङ, सुशील तामाङ,क्रिस गुरुङलगायत‍को अभिनय छ।

प्रकाशित: ७ पुष २०७९ २०:३७ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast