नेपालमा बर्सेनि ८ सय मेट्रिक टन विषादी आयात

हिमाल प्रेस २५ मंसिर २०७९ १६:२१ | Sunday, December 11, 2022
नेपालमा बर्सेनि ८ सय मेट्रिक टन विषादी आयात

विराटनगर– जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ ।
ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आइतबार विराटनगरमा आयोजित जीवनाषक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरूले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रदेश १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश १ का कृषि मन्त्रालयका कानुन अधिकृत शंकर बाराकोटीले विषादी ऐन र नियमावलीबारे कार्यपत्र प्रस्तुत गरे।

नेपालमा बर्सेनि करिब ८ सय ३१ मेट्रिकटन जीवनाषक विषादी आयात हुने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिए। छ। १ सय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको उनको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०७९ १६:२१ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast