नेपालगञ्जमा टिभिएसको एओजी राइड

हिमाल प्रेस २७ मंसिर २०७९ १३:३३ | Tuesday, December 13, 2022
नेपालगञ्जमा टिभिएसको एओजी राइड

काठमाडौँ- नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगञ्जमा अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न गरेको छ।

३७ जना राइडरको सहभागिता रहेको राइड मेरो प्लानेटसम्म पुगेर टुंगिएको थियो। उक्त कार्यक्रममा अपाचे राइडरलाई ट्राफिक नियम, सडक सुरक्षा, राजमार्गको यात्रालगायत विषयमा प्रशिक्षण पनि दिइएको थियो। एओजी अपाचेको सवारीसाधन भएका राइडरको समूह हो।

टिभिएसले यसअघि काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत क्षेत्रमा एओजी राइड कार्यक्रम गरिसकेको छ। जगदम्बा मोटर्सले १४० भन्दा बढी डिलरका साथ देशभर सेल्स, सर्भिस र स्पेयरको सुविधा दिँदै आएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १३:३३ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast