नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

हिमाल प्रेस १६ पुष २०७९ १२:३० | Saturday, December 31, 2022
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा छलफल भइरहेको छ।

पार्टीले सरकारमा सहभागिता हुने/नहुने विषयमा छलफल हुने छ। बैठकको सुरुमै अध्यक्ष नेपालले बैठकलाई सम्बोदन गर्दैछन्।

उनले पार्टी निर्माण, अहिलेको अवस्थाका बारेमा चर्चा गरिरहेका छन्। पार्टीको भावी रणनीतिका विषयमा पनि छलफल हुने छ। एमालेसँग एकता गर्ने विषयमा पनि समाजवादीले छलफल गर्ने जनाइएको छ।

प्रकाशित: १६ पुष २०७९ १२:३० | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast