निसीखोला गाउँपालिका अध्यक्षमाथि लागेको लागुऔषध कसुर ठहर, सजाय निर्धारण गरिँदै

हिमाल प्रेस ५ पुष २०७९ १०:२८ | Tuesday, December 20, 2022
निसीखोला गाउँपालिका अध्यक्षमाथि लागेको लागुऔषध कसुर ठहर, सजाय निर्धारण गरिँदै

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ। निसीखोला गाउँपालिका-६ का तत्कालीन वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको पुस ३ गतेको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। उनको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरेर २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता  गरेकाे थियो। उनी पछि धरौटीमा छुटेका थिए।

कांग्रेस नेता घर्ती गत स्थानीय निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित: ५ पुष २०७९ १०:२८ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast