निर्वाचन नतिजाको प्रतिवेदन राष्ट्रपतिलाई भोलि बुझाइने

हिमाल प्रेस २८ मंसिर २०७९ १४:४२ | Wednesday, December 14, 2022
निर्वाचन नतिजाको प्रतिवेदन राष्ट्रपतिलाई भोलि बुझाइने

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा भएको आमनिर्वाचनको नतिजाको प्रतिवेदन भोलि (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने जानकारी दिएको हो।

यस्तै प्रदेशसभाको हकमा भने प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइनेछ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशनको काम सम्पन्न भएको पनि घोषणा गरेको छ। आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन्। प्रतिनिधिसभातर्फ पुरुष १८४ जना र महिला ९१ जना निर्वाचित भएका छन्। प्रदेशसभातर्फ पुरुष ३५० जना र महिला २०० जना निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए।

प्रकाशित: २८ मंसिर २०७९ १४:४२ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast