काठमाडौँ- नाटक ‘ज्ञानको चिहान’ आज (बुधबार) देखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदैछ। अनेरास्ववियू क्रान्तिकारी तथा कलासी प्रोडक्सनको प्रस्तुतिमा मञ्चन हुने नाटक पुस ३० गतेसम्म चल्ने छ।
नाटकको प्रिमियर शो आज अपरान्ह ५ बजे हुँदैछ। प्रिमियर शोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि उपस्थिति रहने आयोजकले जनाएको छ।
नाटकको परिकल्पनाकार अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह हुन्। नाटकलाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी, आशिष घिमिरेले लेखेका हुन् भने निर्देशन संगीत सापकोटाले गरेका हुन्।
प्रकाशित: १३ पुष २०७९ १०:०७ | Wednesday, December 28, 2022
प्रतिक्रिया




