नवनिर्वाचित सांसदहरूले लिए शपथ

दिपेश श्रेष्ठ ७ पुष २०७९ १३:२६ | Thursday, December 22, 2022
नवनिर्वाचित सांसदहरूले लिए शपथ तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौँ- प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन्। सांसदहरूले नेपालीसँगै १४ वटा विभिन्न  भाषामा शपथ लिएका थिए।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कुल २७५ सांसद छन् ।

 

प्रकाशित: ७ पुष २०७९ १३:२६ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast