नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिने

हिमाल प्रेस ४ पुष २०७९ १४:५२ | Monday, December 19, 2022
नवनिर्वाचित सांसदहरूले बिहीबार शपथ लिने

काठमाडौँ– नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिने भएका छन्। संघीय संसद सचिवालयले सोमबार (आज) एक सूचना जारी गर्दै ७ पुस दिउँसो १ बजे सांसदहरूको सपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिएको हो।

संसदका ज्येष्ठ नागरिकले राष्ट्रपतिबाट शपथ लिएपछि ज्येष्ठ सदस्यबाट सदस्यहरूले शपथ लिनेछन्।

सांसदहरूको शपथ ग्रहण कार्यक्रम नयाँ वानेश्नरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा हुने संघीय संसदका महासिचव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ। शपथ लिएपछि मात्रै सांसदहरूले संसद अधिवेशनलगायत औपचारिक कार्यक्रममा सहभागी हुन पाउनेछन्।

संसद सचिवालयले जारी गरेको सूचना।
प्रकाशित: ४ पुष २०७९ १४:५२ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast