नयाँ सरकारले स्थिरता दिन्छ : रामचन्द्र पौडेल

हिमाल प्रेस १८ मंसिर २०७९ १६:२३ | Sunday, December 4, 2022
नयाँ सरकारले स्थिरता दिन्छ : रामचन्द्र पौडेल

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता दिने दाबी गरेका छन्। तनहुँको व्यास नगरपालिका ८ पुलिमराङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ,’ उनले भने, ‘कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पुर्याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ।’

नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वास जितेर काम गर्नुपर्ने उनले बताए। जनताको विश्वासमा धोका हुने काम जनप्रतिनिधिले गर्न नहुने पनि उनको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७९ १६:२३ | Sunday, December 4, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast