 
                             
                                            काठमाडौँ- चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित भएका छन्।
आइतबार ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘वसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो।
समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले उपहार र साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन्।
सोही कार्यक्रममा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरू’ नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले डा. गौतम साहित्यका नवीन र घतलाग्दा प्रयोग गर्ने सर्जक रहेको बताए।
उनले भने, ‘उहाँलाई आविष्कारी आख्यानकार’को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि ऐतिहासिक अवसर हो।’ ३२ वटा उपन्यास लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जकसमेत रहेका चौधरीको दाबी छ।
डा. गौतमले सबै विधामा गरी ५३ वटा कृति लेखिसकेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 