‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बने करण राई

हिमाल प्रेस ९ पुष २०७९ ७:३४ | Saturday, December 24, 2022
‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बने करण राई

काठमाडौँ- करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन्।

ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे। करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन्।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए। टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने।

दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ। विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे।

ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए।

प्रकाशित: ९ पुष २०७९ ७:३४ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast