सरकार गठनबारे देउवा र प्रचण्डबीच आज पनि छलफल हुने

हिमाल प्रेस ९ पुष २०७९ ९:०४ | Saturday, December 24, 2022
सरकार गठनबारे देउवा र प्रचण्डबीच आज पनि छलफल हुने

काठमाडौँ- सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल हुने भएको छ।

शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो।  दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा सहमति हुन सकेन।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन्। तर आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्।

प्रकाशित: ९ पुष २०७९ ९:०४ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast