दिलीप हत्या प्रकरण : अदालतले साक्षी झिकाउन दियो आदेश

हिमाल प्रेस १ पुष २०७९ ७:१२ | Friday, December 16, 2022
दिलीप हत्या प्रकरण : अदालतले साक्षी झिकाउन दियो आदेश

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) हत्या मुद्दामा जिल्ला अदालत धनुषाले साक्षी झिकाउने आदेश दिएको छ।

बिहीबार न्यायाधीश भीष्मराज गौतमको इजलासले टिपर धनी कृष्णकुमार महतोका साक्षी झिकाउने आदेश दिएको हो।
अब सवारी धनीको नाममा म्याद जारी हुने जाहेरीवालाका वकिल वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार म्यादपत्र गएपछि साक्षी अदालतमा हाजिर हुनेछन्। अदालतले उनको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुनः पेसी तोकिनेछ। उक्त पेसीमा फैसला हुने सम्भावना रहेको अधिवक्ता श्रेष्ठले बताए।

बहसमा जोहरीवालाको तर्फबाट सातजना वकिलले बहस गरेका थिए।
जसमा सुरेश लाल श्रेष्ठ, राजु फुयाल र शुभ्म अचार्य, पदम बहादुर श्रेष्ठ, आरजु कार्की, सडकोण श्रेष्ठ र सरकारी वकिलको तर्फबाट मोहनप्रसाद दाहाल रहेका छन्।

प्रतिवादीको तर्फबाट आरोपित मुनिन्द्र महतोका वकिलले बहस गरेका थिए ।

दिलीपको ०७६ पुस २५ गते चुरियामाई बलुवा प्रशोधन क्रसर उद्योगको ना७ख ६४१३ नम्बर प्लेटको टिपरले किचेर हत्या गरिएको थियो ।

प्रकाशित: १ पुष २०७९ ७:१२ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast