दमक नगरपालिका र पूर्वाधार मन्त्रालयबीच सम्झौता

हिमाल प्रेस २९ मंसिर २०७९ २१:२२ | Thursday, December 15, 2022
दमक नगरपालिका र पूर्वाधार मन्त्रालयबीच सम्झौता

दमक– दमक नगरपालिका र प्रदेश १ सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच सम्झौता भएको छ। नगरपालिकाभित्र निर्माण हुने भवनको मापदण्ड निर्धारणसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो।

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सहकार्यका लागि त्यससम्बन्धी बिहीबार सम्झौता भएको दमक नगरपालिकाका सहायक ईन्जिनियर ओम राईले जानकारी दिए। सम्झौतामा मन्त्रालयका तर्फबाट सचिव अशोक शाह र दमक नगरपालिकाका तर्फबाट उपमेयर रेगिना भट्टराईले हस्ताक्षर गरेका छन्।

यसअघि पनि दमक नगरपालिकाले भवन निर्माण संहिता लागू गरी यसलाई आन्तरिक रूपमा कार्यान्वयनमा ल्याएको भए पनि मन्त्रालयका कार्यक्रमअन्तर्गत सम्झौता गरिएको उपप्रमुख भट्टराईले बताइन्।

मन्त्रालयसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै उपमेयर भट्टराईले दमक नगरपालिकाले यसअघि नै कार्यान्वयनमा ल्याइसकेको संहितालाई सम्झौताअनुसार अझ कडाइका साथ पालना गर्ने बताइन्।
नेपाल भूकम्पीय जोखिममा रहेको देश साथै विभिन्न प्राकृतिक विपत्तिहरू आइरहने हुँदा संरचना निर्माण गर्दा संहिताअनुसारको हुनैपर्नेमा उनले जोड दिइन्।

प्रकाशित: २९ मंसिर २०७९ २१:२२ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast