काठमाडौँ– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले तेलको उत्पादन घटाउन सक्ने बताएका छन्। युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लागाउने निर्णय गरेको प्रतिक्रियामा तेलको उत्पादन घटाउन सक्ने बताएका हुन्।
‘आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीबारे विचार गर्नेछौं,’ क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी विश्केकमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। उनले पश्चिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेकोसमेत बताएका छन्।
प्रकाशित: २३ मंसिर २०७९ २१:५८ | Friday, December 9, 2022
प्रतिक्रिया




