काठमाडौँ- फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ। साम्राज्ञीराज्यलक्ष्मी शाह, पुष्प खड्का, एमिली लामा मुख्य भूमिकामा रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ।
ट्रेलर साम्राज्ञी, पुष्प र एमिली प्रेम जोडीका रूपमा देखिएका छन्। उनीहरूबीच प्रेम, बिछोड, धोका र बदलाको कथा नै ट्रेलरमा देख्न सकिन्छ। पुष्पका लागि साम्राज्ञीको एकतर्फी प्रेम ट्रेलरमा छ।
लगभग तीन मिनेट लामो ट्रेलरमा साम्राज्ञी, पुष्प, एमिलीबाहेक सन्दीप क्षेत्री पनि अटाएका छन्। रमेश एमके पौडेलले निर्देशन गरेको फिल्ममा सरोज खनाल, खड्का बी पुन, दीपिशा केसीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्म पुस २९ मा प्रदर्शनमा आउनेछ।
प्रकाशित: ६ पुष २०७९ १०:१६ | Wednesday, December 21, 2022
प्रतिक्रिया





