काठमाडौँ- नाटक ‘ज्ञानको चिहान’ बुधबारदेखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। अनेरास्ववियु क्रान्तिकारी तथा कलासी प्रोडक्सनको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक पुस ३० गतेसम्म चल्ने छ।
नाटकको बुधबार प्रिमियर शो भएको थियो। नाटकको परिकल्पनाकार अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह हुन्।
नाटकलाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी, आशिष घिमिरेले लेखेका हुन् भने निर्देशन संगीत सापकोटाले गरेका हुन्। नाटकले शिक्षाका बेथितिहरूलाई उजागर गर्ने प्रयास गरेको छ।

प्रकाशित: १४ पुष २०७९ ११:१२ | Thursday, December 29, 2022
प्रतिक्रिया




