‘तमु ल्होसार’को उल्लास [तस्बिरहरू]

दिपेश श्रेष्ठ १५ पुष २०७९ १२:४० | Friday, December 30, 2022
‘तमु ल्होसार’को उल्लास [तस्बिरहरू]

काठमाडौँ- आज ‘तमु ल्होसार’। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ल्होसार मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।

पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ।

तमु ल्होसारको अवसरमा गुरुङ समुदायले सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेका थिए। वसन्तपुरबाट सुरु भएको र्‍याली न्युरोड गेट, रत्नपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै टुँडिखेलमा पुगेको छ।

प्रकाशित: १५ पुष २०७९ १२:४० | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast