तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा

हिमाल प्रेस १५ पुष २०७९ ७:२० | Friday, December 30, 2022
तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा

काठमाडौँ- आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

प्रकाशित: १५ पुष २०७९ ७:२० | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast