टीसीएलको अन्तर्राष्ट्रिय टोली नेपाली बजार अध्ययनमा

हिमाल प्रेस ५ पुष २०७९ १५:५६ | Tuesday, December 20, 2022
टीसीएलको अन्तर्राष्ट्रिय टोली नेपाली बजार अध्ययनमा

काठमाडौँ- टीसीएलको अन्तर्राष्ट्रिय टोली बजार अध्ययनका लागि नेपाल आएको छ।

टीसीएलको एसिया प्यासिफिक बिक्री निर्देशक क्यारोलिना किउ लिन र वरिष्ठ बिक्री प्रबन्धक लउ रेनले काठमाडौँमा रहेका विभिन्न शोरुमको भ्रमण गरेका छन्।

बिक्री निर्देशक क्यारोलिनले नेपालमा टीसीएलको बजार बिस्तार हुँदै गएको बताइन्। उनले भनिन्, ‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टीसीएलका उत्पादन नेपालमा पनि व्यापक रुचाइएको छ।’

ग्राहकलाई छिटो, छरितो सेवा प्रवाह गर्न देशभर शोरुम विस्तार गर्ने योजना बनाएको छ।

चीनको हुइज्होउमा अडियो टेप उत्पादन गरेर व्यवसायमा आएको टीसीएलको उपस्थिति अहिले १६० देशमा छ। टीसीएलका अहिले आफ्नै उत्पादन र अनुसन्धान सेन्टर विश्वभर रहेका छन्।

टीसीएललाई नेपालमा सन् २०१२ मा चौधरी ग्रुपको सिजी इओएलले भित्र्याएको हो। नेपालमा टीसीएलका टीभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर, साउन्डबारजस्ता घरेलु उत्पादन उपलब्ध छन्।

प्रकाशित: ५ पुष २०७९ १५:५६ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast