सांकेतिक तस्बिर।
                                            काठमाडौँ- पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएका प्रहरीले जनाएको छ।
घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ। ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो।
टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।
                            प्रकाशित: २१ मंसिर  २०७९ १२:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

