जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस, काठमाडौँको कति?

हिमाल प्रेस २५ मंसिर २०७९ ९:३९ | Sunday, December 11, 2022
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस, काठमाडौँको कति? काठमाडौँ उपत्यका।

काठमाडौँ- देशभर क्रमिक रूपमा चिसो बढ्दै गएको छ। तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। अन्य ठाउँको न्यूनतम तापक्रम पनि घट्दै गइरहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान काठमाडौंको न्यूनतम तापक्रम ६‍ डिग्री सेल्सियसमा झरेको छ। अधिकतम तापक्रम भने २० डिग्री सेल्सियस छ।

मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ। सबैभन्दा कम तापक्रम जुम्लामा छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १८.९ डिग्री सेल्सियस छ।

पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोधसमेत गरेको छ।

हेर्नुहोस् कुन ठाउँको तापक्रम कति?

प्रकाशित: २५ मंसिर २०७९ ९:३९ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast