जिराभवानीमा प्रयोगशाला स्थापना

हिमाल प्रेस १२ पुष २०७९ ७:५० | Tuesday, December 27, 2022
जिराभवानीमा प्रयोगशाला स्थापना

पर्सा- पर्साको जिराभवानी गाउँपालिकामा सुविधासम्पन्‍न स्वास्थ्य प्रयोगशाला स्थापना हुने भएको छ।

जिराभवानी-२ को सेढंवामा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले ६० लाख रुपैयाँ बराबरको प्रयोगशालासम्बन्धी स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराउन लागेको हो।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकामा सुविधासम्पन्न प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरण उपलब्ध गराउन लागेको जानकारी दिए।

गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्राण मेहताका अनुसार प्रयोगशालासँग सम्बन्धित प्राविधिक तथा प्रशसनिक विषय प्रदेश प्रयोगशालासँग समन्वय गरी सञ्चालन गर्नुपर्ने छ। सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ। ‘ल्याब रिपोर्ट’को राम्रो व्यवस्था गर्नुपर्ने छ।

प्रयोगशालामा आवश्यक कर्मचारी केमिकल अन्य प्राविधिक उपकरणको व्यवस्था चालु आर्थिक वर्षका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ। प्रयोगशाला व्यवस्थानका लागि आगामी वर्षका लागि प्रदेश सरकारबाट बजेट प्राप्त हुने जनाइएको छ ।

प्रकाशित: १२ पुष २०७९ ७:५० | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast