जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो

हिमाल प्रेस १२ पुष २०७९ ९:०१ | Tuesday, December 27, 2022
जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो

टोकियो- जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ। लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ। यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन्।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ।

हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन्। जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ।

प्रकाशित: १२ पुष २०७९ ९:०१ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast