जाजरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

हिमाल प्रेस २७ मंसिर २०७९ १२:२७ | Tuesday, December 13, 2022
जाजरकोट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

सुर्खेत– जाजरकोटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो।

ज्यान गुमाउनेमा चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, सहचालक भगवतीमाई–३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्। दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका छन्।

जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको ज्यान गएको हो। छेडागाड–६ का वीरबहादुर खत्रीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।

छेडागाड नगरपालिका वडा नम्बर ५ मा सोमबार दिउँसो कर्णाली प्रदेश ०२, ००१ च ४२९ नम्बरको जन्ती सवार जिप दुर्घटना भएको थियो।

प्रकाशित: २७ मंसिर २०७९ १२:२७ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast