जसपा संसदीय दलको निर्वाचन हुँदै

हिमाल प्रेस १३ पुष २०७९ ७:२५ | Wednesday, December 28, 2022
जसपा संसदीय दलको निर्वाचन हुँदै

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)को आज संसदीय दलको नेता चयन गर्दैछ। त्यसका लागि आज निर्वाचन हुनेछ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेख‍ि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। यस्तै अन्य प्रक्रिया सम्पन्न गरी २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।

जसपा संसदीय दलको कार्यालयका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपरिणाम सार्वजनिक हुनेछ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन्। संसदीय दलका नेताका लागि संघीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादव पनि दाबी गर्दै आएका छन्।

प्रकाशित: १३ पुष २०७९ ७:२५ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast