जसपाले टुंग्यायो समानुपातिक सांसद [नामावलीसहित]

हिमाल प्रेस २५ मंसिर २०७९ ७:१४ | Sunday, December 11, 2022
जसपाले टुंग्यायो समानुपातिक सांसद [नामावलीसहित]

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ। पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जनाको नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए।

यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन्। पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुंग्याएको छ।

प्रदेश १ मा निर्मला लिम्बु र लुम्बिनीमा अम्बिका काफ्लेको नाम सिफारिस गरिएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ७:१४ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast