चीनको सीमामा द्वन्द्व रोक्ने भारतको प्रयासमा अमेरिकको समर्थन

हिमाल प्रेस २९ मंसिर २०७९ ६:१० | Thursday, December 15, 2022
चीनको सीमामा द्वन्द्व रोक्ने भारतको प्रयासमा अमेरिकको समर्थन

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन तथा सीमानाको स्थितिलाई सामान्य तुल्याउने भारतको प्रयासमा आफ्नो समर्थन रहने स्पष्ट गरेको छ।

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको विषयलाई लिएर अमेरिकी रक्षा मन्त्रालयले सीमानाको स्थितिलाई सामान्य बनाउन भारतीय पक्षबाट हुने प्रयासमा समर्थन रहने बताएको हो।

भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलओसी)मा चीनले सैनिक उपस्थिति बढाउने तथा सैन्य पूर्वाधार निर्माण गर्नेलगायत त्यहाँ विकसित घटनाक्रमहरूलाई पेन्टागनले नजिकबाट नियालिरहेको मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले बताए।

‘हामी हाम्रा साझेदारहरूको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतामा अडिग छौँ, त्यहाँको द्वन्द्वपूर्ण अवस्थालाई साम्य पार्न भारतको जारी प्रयासलाई पूर्ण समर्थन गर्छौं,’ उनले भने।

चिनियाँ जनमुक्ति सेना (पीएलए)वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो।

मंगलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा चीनले पनि उक्त क्षेत्रको स्थिति अहिले सामान्य एवम् स्थिर रहेको बताएको थियो।

प्रकाशित: २९ मंसिर २०७९ ६:१० | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast