चार्ल्स शोभराज आज रिहा हुँदै

हिमाल प्रेस ८ पुष २०७९ ७:११ | Friday, December 23, 2022
चार्ल्स शोभराज आज रिहा हुँदै

काठमाडौँ- हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज रिहा हुने भएका छन्।

सर्वोच्च अदालतको बुधबार र काठमाडौँ र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज कारागारबाट मुक्त हुने भएका हुन्।

केन्द्रीय कारागार प्रशासनले शोभराजलाई फ्रान्स फिर्ता पठाउने गरी आज अध्यागमन विभागको जिम्मा लगाउने भएको हो। कारागारले बिहीबार साँझ नै शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेको थियो। तर छुट्टै ‘डिटेन्सन रुम’को व्यवस्था गर्नुपर्ने कारण देखाउँदै विभागले उनलाई आज ल्याउन कारागारलाई भनेको हो।

सर्वोच्च अदालतले उमेर र स्वास्थ्य अवस्था अनि कारागार नियमावलीबमोजिम शोभराजलाई कैद बस्नु पर्ने बाँकी समय अगावै रिहा गरेर १५ दिनभित्र फ्रान्स फिर्ता गर्न आदेश दिएको थियो। त्यसकै आधारमा शोभराजविरुद्ध मुद्दा चलेको भक्तपुर अदालतले सर्वोच्चको फैसला कार्यान्वयनका लागि कारागारलाई पत्र पठाएको थियो।

प्रकाशित: ८ पुष २०७९ ७:११ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast