घडेरी खन्दा भेटियो तोपको गोला

हिमाल प्रेस ५ पुष २०७९ १९:२० | Tuesday, December 20, 2022
घडेरी खन्दा भेटियो तोपको गोला

काठमाडौँ- पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। जिल्लाको तानसेन नगरपालिका-४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बाइसे/चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण अहिले त्यही समयमा रहेका तोपका गोला फेला परेको हुनसक्ने पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठ बताउँछन्। अहिलेसम्म ३०० वटा गोला फेला परेको र उत्खन्नको क्रममा अझ धेरै भेटिनसक्ने श्रेष्ठको भनाइ छ। गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो। सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ।

अहिले ती गोलाको सुरक्षित व्यवस्थापनको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको  छ। -न्युज एजेन्सी नेपाल

प्रकाशित: ५ पुष २०७९ १९:२० | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast