गोलाबारी हुँदा युक्रेनमा दुई जनाको मृत्यु, खेरसनमा विद्युत कटौती

हिमाल प्रेस १ पुष २०७९ ६:१० | Friday, December 16, 2022
गोलाबारी हुँदा युक्रेनमा दुई जनाको मृत्यु, खेरसनमा विद्युत कटौती फाइल तस्बिर।

काठमाडौँ– रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी सहर खेरसनमा २ जनाको लिएको छ भने भने खेरसान क्षेत्रमा विद्युत कटौती बएको छ। राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले सहरको केन्द्रमा गोली हानेको बताएका छन्।

‘दुई जनाको मृत्यु भएको जानकारी छ। आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन्। आक्रमणले सहरलाई पूर्ण रूपमा ऊर्जाविहीन बनाएको छ,’ क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्।

सहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ। रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि युद्धपूर्व करिब ३ लाख जनसंख्या भएको खेरसनलाई कब्जामा लिएको थियो।

यद्यपि युक्रेनको सेनाले नोभेम्बरमा यो सहरलाई महत्त्वपूर्ण रूपमा आफ्नो कब्जामा लिएको थियो।

प्रकाशित: १ पुष २०७९ ६:१० | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast