काठमाडौँ- एमाले नेता गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरनजिक आइतबार शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु भेटिएको क्षेत्रलाई अहिले नेपाल प्रहरीले सुरक्षित गरेको छ।
डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको भक्तपुर प्रहरी परिसरका डीएसपी राजीव पाण्डेले जानकारी दिए। ‘प्लाष्टिकमा शंकास्पद वस्तु फेला परेको छ, फोहोर हो कि वा बम हो भन्ने खुलेको छैन,’ उनले भने, ‘नेपाली सेनालाई डिस्पोजका लागि खबर गरेका छौँ।’
यसअघि २०७६ सालमा पनि बाँस्कोटाको घर बन्दै गरेका बेला बम विस्फोट भएको थियो।
प्रकाशित: १८ मंसिर २०७९ ८:३१ | Sunday, December 4, 2022
प्रतिक्रिया





