गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ पुस २२ गते

हिमाल प्रेस १२ पुष २०७९ १५:४८ | Tuesday, December 27, 2022
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ पुस २२ गते नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री लामिछाने सोमबार गृह मन्त्रालयस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै। तस्बिर- रासस

काठमाडौँ- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध परेको रिटको पेसी पुस २२ गतेका लागि तोकिएको छ। सो रिटमा पुस ६ गतेको संवैधानिक इजलासले पुस २२ गते अन्तरिम आदेशको सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो।

सो आदेशको कपी मंगलबार मात्रै आएको हो। सो दिन लामिछाने सांसद हुन योग्य या अयोग्य भन्ने विषयमा बहस हुनेछ। लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो।

लामिछानेले निष्क्रिय भएको नेपाली नगारिकता प्रयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ।

प्रकाशित: १२ पुष २०७९ १५:४८ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast