गृहमन्त्रालयमा काम गर्न मन्त्रीलाई भेट्नै पर्दैन : मन्त्री रवि लामिछाने

हिमाल प्रेस १५ पुष २०७९ १९:२९ | Friday, December 30, 2022
गृहमन्त्रालयमा काम गर्न मन्त्रीलाई भेट्नै पर्दैन : मन्त्री रवि लामिछाने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा कानुन बमोजिम काम गर्न कसैले पनि मन्त्रीलाई नै भेट्नु नपर्ने बताएका छ्न्। आफ्ना मतदातालाई पुन:सामाजिक सञ्जालमार्फत धन्यावाद दिँदै फूलमाला, खादा लगाउने कामलाई रोक्दै काम गर्नुपर्ने बेला आएको भन्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले अहिलेसम्म नगुमाएको विषय इमानदारिता भएको भन्दै कर्मचारीले पनि सोहीअनुसार सेवा दिनेमा आफू ढुक्क रहेको बताएका छन्।
जनताको काम गर्न सबै कर्मचारी योग्य, सक्षम र प्रतिबद्ध रहेको उनको भनाइ छ।

‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्नातर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद टक्राएको छु,’ उनले भने, ‘अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन।’

उनले आफूहरूले गरेको कामको तारिफ गर्न कन्जुस्याइँ गर्दा केही फरक नपर्ने तर खबरदारी भने गरिरहन पनि आग्रह गरेका छन्। ‘हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्। हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं,’ लामिछानेले भने, ‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।’

प्रकाशित: १५ पुष २०७९ १९:२९ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast