गुडिरहेको रेल चढ्न खोज्दा एकको मृत्यु

हिमाल प्रेस १३ पुष २०७९ १३:१४ | Wednesday, December 28, 2022
गुडिरहेको रेल चढ्न खोज्दा एकको मृत्यु

जनकपुरधाम– धनुषामा रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भारतको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर नगराइन नगरपालिका राघोपुरका पुरन दास मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका- ९ स्थित वैदेही स्टेशनमा चढ्ने क्रममा दासको मृत्यु भएको हो।

रेल खुलिसकेपछि चढ्ने क्रममा दासको खुट्टा अड्किएपछि सोही रेलले किचिएको प्रहरीले जनाएको छ। वैदेही स्टेशनबाट हिँडिसकेको रेलमा जबरजस्ती चढ्ने क्रममा यो घटना भएको रेल्वे महाप्रबन्धक निरञ्जन झाले बताए।

प्रकाशित: १३ पुष २०७९ १३:१४ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast